अल्पविद्या भयंकर



 

अल्पविद्या भयंकर भन्ने नेपाली उक्ति धरहराले लामो समयदेखि सुन्दै आएको हो। यसको अर्थ के हो भनेर धरहराले नखोजेको पनि होइन। त्यसको अर्थ सुनेपछि धरहरा दंगदास भएको थियो। नेपाली राजनीतिमा पनि यो उक्ति बेला बेलामा प्रयोग हुने गरेको छ।

प्रयोग नहुनु पनि किन र? मुलुक नै अल्पविद्या भयंकरहरूले सञ्चालन गरेका छन्। त्यही भएर देश अहिले पनि बीच दोबाटोमा अलमल परेको ढाक्रेजस्तो भएको छ। के गर्ने कता जाने अलमलमा छ। नेपालका नेताहरूले बेला बेलामा बोल्ने गरेको सार्वजनिक अभिव्यक्तिले धरहरालाई उकुसमुकुस बनाएको छ।

संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवले बोलेको एउटा अभिव्यक्ति सुनेपछि धरहरालाई उपेन्द्रप्रति दया लागेर आएको छ। उनले ऋषि धमला नाम गरेका एकजना पत्रकारका बारेमा गरेको टिप्पणीले रियल पत्रकारिता गर्नेहरू मज्जाकका पात्र भएको अनुभव धरहराले गरेको छ। नेता उपेन्द्रले गरेको टिप्पणी जस्ताको तस्तै ‘ऋषिजी वास्तवमा यो देशको सबैभन्दा लोकप्रिय पत्रकार हो, उहाँविना पत्रकारिता नै अधुरो वा अपूरो लाग्छ।’ हैट नेता उपेन्द्रले ऋषि धमलालाई महान् देखेपछि अरू पत्रकारचाहिँ के नि नेता ज्यू? यसको उत्तरको खोजीमा छ धरहरा।

प्रतिक्रिया दिनुहोस्