एन्जेलिनाद्वारा निर्मातामाथि यौन उत्पीडनको आरोप



 

लोकप्रिय हलिउड अभिनेतृ एन्जेलिना जोली र ग्विनेथ पाल्ट्रोले हलिउड फिल्म निर्माता हार्वे विन्स्टिनमाथि यौन उत्पीडनको आरोप लगाएका छन्। दुवै अभिनेतृका अनुसार यो घटना फिल्म उद्योगमा प्रवेश गरिसकेपछिको शुरुआती दिनको हो।

यसअघि पनि कयौं अभिनेतृले निर्माता विन्स्टिनविरुद्ध यौन उत्पीडनको आरोप लगाएका थिए। प्रख्यात अमेरिकी म्यागेजिन द न्यु योर्करमा विन्स्टिनले उक्त आरोपको खण्डन गरेको समाचार छापिएको थियो। उक्त घटनालाई लिएर पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा र उनकी पत्नीले पनि पीडित महिलाको समर्थनमा बयान दिएका थिए। पुनः यौन उत्पीडनको आरोपलाई लिएर आइतबार निर्माता हार्वे विन्स्टिनलाई उनको कम्पनीले निकालेको थियो। गत मंगलबार उनकी पत्नी, डिजाइनर जियार्जिना सैम्पम्यानले भनिन्– ‘यौन दुव्र्यवहारको आरोपलाई लिएर कम्पनीले विन्स्टिनलाई निकालेको छ।’


पछिल्लो हप्ता न्युयोर्क टाइम्सलाई दिएको बयानमा अभिनेतृ एन्जेलिना जोलीले निर्माता विन्स्टिनसँगको अनुभवबारे बताएकी छिन्। ‘युवा अवस्थामा विन्स्टिनसँग मेरो निकै खराब अनुभव रह्यो। यही अनुभवका कारण मैले उनीसँग काम नगर्ने फैसला गरें र अरूलाई पनि यसबारे भन्ने गरेको छु –उनले भनेकी छिन्। त्यस्तै अर्की अभिनेतृ ग्विनेथ पाल्ट्रोले पनि आफूलाई फिल्मको बहानामा निर्माता विन्स्टिनले होटलमा बोलाएर गलत ढंगले छोएको बताइन्। अमेरिकी नेतृ हिलारी क्लिन्टन र पूर्वराष्ट्रपति ओबामाको पार्टीलाई निर्माता विन्टिनले चन्दा दिने भए पनि यो मुद्दालाई लिएर भने दुवैले आपत्ति जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्