अमेरिकामा नेपाली मौलिक कला



एभरेस्ट नेपाल कल्चरल ग्रुप अमेरिका शाखाले वाको कल्चरल फेस्टद्वारा आयोजित सांस्कृतिक मेलामा नेपाली कला र संस्कृति प्रदर्शन गरेको छ।

ग्रुपको अमेरिका शाखाका निर्देशक तथा नृत्य निर्देशक ठाकुर कोइरालाको नृत्य निर्देशन रहेको कार्यक्रममा उनका साथमा वर्षा भण्डारी, श्रीजेश कोइराला, सृष्टि गौतमलगायतका कलाकारले झ्याउरे, यति, तमाङ सेलोलगायतका नृत्य प्रस्तुत गरेर सबैलाई मोहित तुल्याएका थिए।

त्यस अवसरमा ग्रुपका निर्देशक ठाकुर कोइरालाले फेस्टका आयोजक, वेको शहरका नगरपालिका कार्यकारीलगायतलाई भेटी नेपाली कला संस्कृतिको विकासका लागि भविष्यमा यससम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा गर्न सकिने जानकारी गराएका थिए।

कोइरालाको नेतृत्वमा रहेको ग्रुपको अमेरिका शाखा र फेस्टले विगत केही समयदेखि मिलेर यस्ता कार्यक्रम गर्दै आइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्