जुम्लामा चार हजार नयाँ मतदाता थपिए



 

नन्दराम जैशी, जुम्ला
जुम्लामा पछिल्लो पटक संकलन गरिएको मतदाता नामावलीमा झण्डै ४ हजार बढी नयाँ मतदाता थपिएका छन्।

वैशाख ३१ को निर्वाचनपछि गरिएको मतदाता नामावली संकलनबाट जुम्लाका ४ हजार ३ सय ६४ जना नयाँ मतदाता थपिएका हुन्। साउन ३१ गते देखि १५ सम्म जिल्लामा र साउन १६ गतेदेखि भदौ ३ सम्म गाउँपालिकामा फोटोसहितको मतदाता नामावली संकलन गरिएको थियो।

पहिलो चरणको चुनावअन्तरर्गत २०७४ वैशाख ३१ गते सम्पन्न चुनावमा जुम्लाका ५४ हजार ६ सय ९४ मतदाता सहभागी भएका थिए। आगामी मंसिर १० र २१ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पहिलो र दोस्रो चरणको गरी जम्मा ५९ हजार ५८ जना मतदाताले जुम्लाबाट मतदान गर्ने भएका छन्।

पहिलाको ५४ हजार ६ सय ९४ र पछिको ४ हजार ३ सय ६४ नयाँ मतदाता गरी जम्मा ५९ हजार ५८ पुगेको जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीले जानकारी दिनुभयो।

उहाँका अनुसार आगामी प्रदेश र संघको निर्वाचनमा जुम्लाको क्षेत्र १ बाट ३१ हजार ७ सय १४ र क्षेत्र २ सिंजा भेगबाट २७ हजार ३ सय ४४ जनाले मतदान गर्नेछन्। स्थानीय तहको निर्वाचनपछि निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा प्रयोजनका लागि साउन महिनाभरि गरेको फोटोसहितको नयाँ मतदाता नामावली संकलन तथा पुरानो मतदाता नामावली अद्यावधिकका क्रममा ४ बढी मतदाता थपिएका हुन्। कार्यालयका अनुसार जुम्लाका ७ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी पातारासी गाउँपालिकामा ६ सय १६ नयाँ मतदाता थपिएका छन्।

सबैभन्दा कम तातोपानी गाउँपालिकामा २ सय ४७ जनामात्र नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। पातारासी गाउँपालिकाको पहिलेको मतदाता संख्या ६ हजार ९ सय ७२ थियो भने पछिल्लो नयाँ मतदाता गरी त्यहाँको जम्मा ७ हजार ५ सय ८८ मतदाता संख्या पुगेको बताइएको छ। भने सबैभन्दा कम मतदाता संख्या थपिएको तातोपानी गाउँपालिकाको थपिएका हुन। प्रादेशिक र प्रतिनिधि सभाका लागि जिल्लामा र स्थानीय तहमा गरिएको मतदाता नामावली संकलनमा जिल्ला निर्वाचनबाट १ हजार ७ सय ९६ जना र गाउँपालिकाबाट २ हजार ८ सय ५५ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी अभिनन्द चौलगाईंले बताउनुभयो।

कार्यालयकाअनुसार संघ र प्रदेश सभाको निर्वाचनका जुम्लामा गरिएको मतदाता नामावली संकलनमा उत्साहजनक सहभागिता रहेका थियो। मंसिर १० र २१ मा हुने निर्वाचनलाई शान्त तथा मर्यादितरूपमा सम्पन्न गराउन सबै निकायले हातेमालो गर्नसमेत निर्वाचन कार्यालयले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्