जिल्लामै एपेन्डिसाइटिसको शल्यक्रिया



 

नेपाल समाचारपत्र
गुल्मी
जिल्ला अस्पताल तम्घासले पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेको छ। जुन खबरले नागरिकहरूमा खुसी छाएको छ। अहिलेसम्म जिल्ला अस्पताल तम्घासमा एपेन्डिसाइटिसको शल्यक्रिया नगरिएको अस्पताल प्रशासनले जनाएको छ।

जसका कारण सबैस्तरका परिवार पाल्पा र बुटवललगायतका स्थानमा बढी खर्च तिरेर उपचारका लागि पुग्ने गरेका थिए। अहिले जिल्ला अस्पताल तम्घासमा सरुवा भएर आएका एमडीजीपी डाक्टर उत्तम पच्याले एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरेका हुन्। पहिलो पटक रेसुंगा नगरपालिका–९ की ३२ वर्षीया सम्झना मरासिनीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो।

उनी जिल्ला अस्पताल तम्घासमै कार्यरत कर्मचारी हुन्। अहिलेसम्म जिल्ला अस्पतालमा यो रोगको उपचार नभए पनि डाक्टरको हिम्मतको कदर गर्नकै लागि आफूले शल्यक्रिया गर्न सहमती जनाएको सम्झनामा श्रीमान् बासु मरासिनीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्