प्रदेश राजधानी दिपायल तोक्न माग गर्दै आन्दोलन शरू



 

नेपाल समाचारपत्र
डोटी
७ नम्बर प्रदेशको राजधानी दिपायल हुनुपर्ने माग गर्दै डोटीको दिपायलमा आन्दोलन शुरू भएको छ। डोटी उद्योग वाणिज्य संघको पहलमा यहाँका व्यापारी, स्थानीय, कर्मचारी, विभिन्न राजनीतिक दलका नेता तथा बुद्धिजीवीले राजधानी दिपायल हुनुपर्ने भन्दै सडकमा उत्रिएका हुन्। बिहीबार दिउँसो स्वतःस्फुर्त रुपमा बजारमा नाराबाजीसहित निस्किएका व्यापारी तथा स्थानीयले दिपायलमा राजधानी कायम नगरिए जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताएका छन्।

सुदूरपश्चिमका ९ वटै जिल्लाको पायक पर्ने तथा पुरानो ५ विकास क्षेत्रका हिसाबले पनि दिपायलमा भौतिक संरचना निर्माण भइसकेकाले दिपायलभन्दा अन्त राजधानी तोकिए आफूहरूलाई कुनै हालतमा पनि मान्य नहुने आन्दोलनका अगुवा तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्रबहादुर खड्काले बताउनुभयो। उहाँले भन्नुभयो– ‘दिपायलमा राजधानी बनाउन आवश्यक पर्ने सम्पूर्ण चीज छ, दिपायलबाहेक अन्यत्र राजधानी तोकिए हामी ज्यान अर्पण गर्न तयार हुने छौ।’ बिहीबार दिपायलस्थित पीपल्ला बजारमा निस्किएको जुलुसमा सयौं स्थानीय तथा व्यापारीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्