खतरनाक चोरहरु ललितपुरबाट पक्राउ



काठमाडौं। केही महिनायता ललितपुरमा चोरीको आतंक मच्चाउदै आएका दाजुभाई पक्राउ परेका छन् । रेष्टुरेन्ट, पसल र कार्यालयहरुमा चोरी गर्दै आएका धादिङका राम पुरी र लक्ष्मण पुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग पुल्चोकले उनीहरुलाई बुधबार मानभवनबाट पक्राउ गरेको हो । उनीहरुले पछिल्लोपटक गत १३ असोजमा चार ठाउँमा चोरी गरेका थिए ।  पुल्चोकको परिक्रमा टुर्स एण्ड ट्राभल्समा  एसियन बचत सहकारी, कर्नर फाष्टफुड लगायतका स्थानमा चोरी गरेको प्रहरीले जनाएको  छ । उनीहरु जुम्लाहा दाजुभाई हुन् । उनीहरुले गत वर्ष पुसमा थापाथलीको इन्द्रेणी फाष्टफुडमा चोरी गरेका थिए । दर्जनौं ठाउँमा उनीहरुले चोरी गरेको हुनसक्ने पुल्चोक प्रभागका इन्सपेक्टर गोविन्द पन्थीले बताए । उनीहरु पक्राउ परेपछि पीडितहरुको प्रहरीमा भिड लागेको ललितपुर परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्