नेपालको शिक्षा क्षेत्रलाई तहस नहस पार्ने शिक्षामन्त्री श्रेष्ठलाई सार्वजनिक बहिस्कार !



काठमाडौं । नेविसंघ बाहेकका नौ विद्यार्थी संगठनहरुको संयुक्त बैठक बसेर शिक्षामन्त्रीलाई सार्वजनिक बहिस्कार गर्ने निणर्य गरेका छा । अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु पाँचौं, अनेरास्ववियु छैठौं, नयाँशक्ति विद्यार्थी युनियन, राजपा विद्यार्थी संगठन, लोकतान्त्रिक विद्यार्थी संगठन लगायतका नेताहरुले वर्तमान शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक बहिस्कार गर्ने निर्णय गरेका हुन् । उनीहरुले शिक्षा ऐन नवौं संशोधन विधेयक प्रमाणिकरण नगर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराउने निर्णय पनि गरेका छन् ।

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा जारी गरेर उनिहरुले नेपालको शिक्षा क्षेत्रलाई तहस नहस पार्ने शिक्षामन्त्रीलाई बहीस्कार गरुीने जानकारी दिएका हुन । ‘शिक्षा ऐनको नवौं संशोधन, सीटीईभीटीबाट कलेजलाई सम्वन्धन दिने निर्णय बदनियतपूर्वक तरिकाले गराउने र नेपालको शिक्षा क्षेत्रलाई तहस नहस पार्ने मुख्य पात्र वर्तमान शिक्षा मन्त्रीलाई संयुक्त विद्यार्थी संगठनले सार्वजनिक बहिस्कार गर्ने तथा देशभरिका विद्यार्थीहरुलाई बहिस्कारको लागि अपिल गर्ने निर्णय गरिएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्