५ लाख राजस्व संकलन



नेपाल समाचारपत्र, दैलेख । जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले पछिल्लो समयमा ट्राफिक चेक जाँचलाई कडाई गरेको छ । चेक जाँचका क्रममा चालु आर्थीक वर्षको हाल सम्म ५ लाख ४० हजार राजश्व संकलन गरेको छ ।

ट्राफिक प्रहरीले श्रावण महिनामा २ सय ९, भदौ महिनामा २ सय ९९ र असोजमा ३ सय ८३ वटा सवारी साधनलाई कारवाही गरी ५ लाख ४० हजार ५ सय राजश्व संकलन गरेको हो । कारवाही पर्नेमा सबै भन्दा बढी जीप र मोटरसाइकल रहेका छन् ।

भाडाका सवारी साधन कम चल्ने र निजि नम्बर प्लेट भएका सवारी साधन बढी प्रयोगमा आउने भएकाले बढी सवारी साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख तेज बहादुर साउँदले जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले दैलेख सदरमुकाममा सञ्चालमा आएका अटोरिक्सा पनि नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रमुख साउँदले अटोरिक्सा नियम अनुसार नचलेकोले नियन्त्रणमा लिएको बताए । अटोरिक्सा चालकले प्रक्रिया पुरा गरेर आएमा सञ्चालन गर्न दिने उनले बताए । चालु आवको हाल सम्म दैलेख जिल्लाका विभिन्न ६ ठाउँमा भएको दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्