एनआरएनए अध्यक्षमा जमुना गुरूङको उमेदवारी घोषणा



नेपाल समाचारपत्र,काठमाडौं । गैर आवासीय नेपाली संघको अध्यक्षमा जमुना गुरूङ घलेले उमेदवारी घोषणा गरेकी छन् ।

काठमाडौंमा बिहीबार एक कार्यक्रममा उनले उमेदवारी घोषणा गरेकी हुन् । वर्तमान अध्यक्ष शेष घलेकी पत्नीसमेत रहेकी जमुनाले उमेदवारी घोषणा गरेकी हुन् ।

एनआरएनको अध्यक्षमा यसअघि वर्तमान उपाध्यक्ष भवन भट्टले उमेदवारी घोषणा गरिसकेका छन् ।
जमुनाले उमेदवारी घोषणासभामा नेतृत्व चयन प्रतिष्पर्धा प्रजातान्त्रिक परिपाटीबाट हुने बताउँदै कसैलाई पनि निषेध गर्न नमिल्ने बताइन् ।

उनले गैरआवासीय नेपालीहरुको माग र अपेक्षालाई पूरा गर्न, गैर आवासीय नेपाली संघका मुख्य स्टकेहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिन, महिला शसक्तिकरण र सहभागीतालाई संस्थाको मेरुदण्डको रुपमा स्थापित गन, मेगा परियोजनालाई समयसीमाभित्र सम्पन्न गराउन, वैदेशिक रोजगारीको क्षेत्रमा खासगरी मध्येपुर्वका महिला श्रमिकवर्गको हितमा बढि केन्द्रीत हुन लगायतका ११ बुँदे अवधारणा सार्वजनिक गर्दै उमेदवारी घोषणा गरेकी हुन् ।

शनिबारदेखि काठमाडौंमा हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्