याैन सम्पर्क गर्न अब १८ वर्ष पुग्नैपर्ने !



एजेन्सी । भारताको सर्वाेच्च अदालतले १५ देखि १८ वर्षकी पत्नीसँग सेक्स गर्नुलाई अपराधको संज्ञा दिएको छ । सर्वाेच्चले बुधबार बलात्कार गर्नु कानुनी अपराध र यो संविधानविपरीत भएको जनाएको छ ।

सर्वाेच्चले आपसी समझदारीमा सेक्स गर्नको लागि १८ वर्षको उमेर तय गरेको छ । तर, आईपीसीको धारा ३७५ मा उल्लेख गरिएको छ की, यदि पत्नीको उमेर १५ वर्ष भन्दा कम नभएपनि पतिले उसँग सेक्स गर्छ भने त्यसलाई बलात्कार करार गरिनेछ ।

भारतको एक सञ्चारमाध्यमले जनाएअनुसार, भारतमा २ करोड नाबालिकाको बाल विवाह भइसकेको छ । संसदमा सामाजिक न्यायको कानुन पास भए पनि  यसलाई व्यावहारिक रुपमा लागू नगरिएको धेरैको टिप्पणी छ । त्यसकारण अदालतले पनि केन्द्र र राज्यका सरोकारलाई बाल विवाह रोक्न तुरुन्त काम सुरु गर्न सुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्