बैतडीको एउटा गाउँमा यस्तो अनौठो चलन,जेठो सन्तान छोरा जन्मिए हरेक वर्ष गाउँलेलाई खसी



विनोद सिंह विष्ट–बैतडी ।
प्रदेश नं ७ अर्थात सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीको एउटा गाउँमा अनौठो चलन छ । जिल्लाको तल्लोस्वराडमा पर्ने मेलौली नगरपालिका वडा नम्बर ९ असुर गाँउमा जेठो सन्तानकारुपमा छोरा जन्माएका आमाबुवाले हरेक वर्ष तिहारको औँसीको दिन गाउँलेहरुलाई खसी काटेर खुवाउनैपर्छ ।

यदि त्यसो नगरे छोरालाई अशुभ हुने जनविश्वास रहेको छ । यस्तो परम्पराले सामाजिक तथा लैङ्गिक विभेदलाई बढवा दिएको भन्दै केही स्थानीयले बन्द गर्न माग समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्