चिली बाहिरियो



 

लिसमूहकै अर्को खेलमा यसअघि नै विश्वकपमा प्रवेश पाइसकेको ब्राजिलसँग ३–० ले हारेपछि चिली विश्वकपबाट बाहिरिएको छ। महत्त्वपूर्ण खेलमा ब्राजिलसँगको पराजय तथा समग्रमा पेरुसँग गोलअन्तरमा पछि परेपछि प्ले अफको मौकासमेत चिलीले गुमाएको थियो। शीर्ष स्थानको ब्राजिल, दोस्रो स्थानको उरुग्वे, तेस्रो स्थानको अर्जेन्टिना र चौथो स्थानको कोलम्बियाले स्वतः विश्वकपमा स्थान बनाए भने पेरुले प्लेअफमा ओसियाना राष्ट्र न्युजिल्यान्डको सामना गर्नेछ।
ब्राजिलको जितमा पाउलिन्होले खेलको ५५औं मिनेटमा पहिलो गोल गरेका थिए। यसैगरी म्यानचेस्टर सिटीबाट खेल्ने ब्राजिलका स्ट्राइकर गाब्रियल जिससले खेलको ५७औं र ९०औं मिनेटमा दुई गोलको योगदान गरेपछि चिलीको रसिया विश्वकप पुग्ने सपना तुहिएको हो। यस्तै समूहको दोस्रो स्थान ओगट्न उरुग्वेले पनि बोलिभियालाई ४–२ ले हराउन सफल भयो।

पोर्चुगल पनि रसियामा
अन्तिम खेल खेल्नुअगाडि प्लेअफकै सम्भावनामा रहेको पोर्चुगलले पनि विश्वकपको यात्रा सुनिश्चित गरेको छ। मंगलबार राति भएको खेलमा पोर्चुगलले स्विजरल्यान्डलाई २–० ले हराएपछि समूहको शीर्ष टोली हुँदै विश्वकपमा छनोट भयो। स्विजरल्यान्ड यो खेल खेल्नुअगाडि शीर्ष स्थानमा रहँदै स्वतः विश्वकप पुग्ने स्थितिमा थियो। तर यो हारपछि टोलीले प्लेअफ खेल्न बाध्य भएको छ। क्रिस्टियानो रोनाल्डोको टोलीको रसिया विश्वकप पाँचौं सहभागिता हुनेछ।

प्रतिक्रिया दिनुहोस्