वैवाहिक बलात्कारको मुद्धा लाग्ने



 

नयाँ दिल्ली, (एजेन्सी)
भारतको सर्वोच्च अदालतले बुधबार पुरुषहरूले उमेर नपुगेका आफ्ना पत्नीसँग यौन सम्पर्क राख्न पाउने अनुमतिमा कानुनी सर्त अघिसारेको छ। भारतको प्रचलित कानुनको बलात्कारसम्बन्धी कानुनको एक अंशका रूपमा रहेको सो सर्तअनुसार १५ वर्षभन्दा माथिका पत्नीसँग मात्र लोग्नेले यौन सम्पर्क राख्न पाउने बताइएको छ।

महिलाको विवाह गर्ने वैधानिक उमेर १८ भए पनि वैवाहिक बलात्कार अर्थात् जबरजस्ती यौन सम्पर्कलाई अपराध मानिने गरेको थिएन। महिला अधिकारवादी अभियन्ताहरूले सर्वोच्चको यस निर्णयको स्वागत गरेका छन्। तर पत्रकारहरूले यस नयाँ सर्तलाई व्यवहारमा कार्यान्वयन गर्न भने कठिन हुने बताएका छन्। अबदेखि अठार वर्षमुनिका महिलाहरूले आफ्ना पतिविरुद्ध बलात्कारको मुद्धा दायर गर्न पाउने भएका छन्। गैरकानुनी भए पनि भारतमा अझै पनि व्यापकरूपमा बालविवाह हुने गरेको छ।

भारत सरकारले गरिबी र भोक निवारण, प्राथमिक शिक्षाको व्यापक उपलब्धि, लैंगिक समानताको प्रवद्र्धन बालबालिकाको जीवन रक्षा र महिलाहरूको स्वास्थ्य सुधारका लागि बालविवाह अवरोधका रूपमा रहेको बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्