रेखाको संघर्ष कथा



 

बलिउडकी सदावहार नायिका रेखाले मंगलबार आफ्नो ६३औं जन्मदिन मनाइन्। उनी बलिउड फिल्म उद्यँेगमा आज जुन स्थानमा छिन् यसका लागि उनले आफ्नो जीवनमा लामै संघर्ष गरेकी छिन्।

सन् १९५४ मा जन्मिएकी रेखा तमिल अभिनेता जेमिनी गणेशन तथा तेलुगु अभिनेतृ पुष्पावलीका सन्तान हुन्। उनी जन्मँदा उनको मातापिताको विवाह भएको थिएन भने उनलाई उनको पिताले आफ्नो सन्तानको रूपमा स्वीकार गरेका थिएनन्। भारतको चेन्नईमा जन्मिएकी उनको खास नाम भानुमति रेखा हो। उनी तेलगु भाषालाई आफ्नो भाषा मान्छिन् भने उनी हिन्दी, तामिल तथा अग्रेजी भाषा पनि राम्रोसँग बोल्छिन्।

आफ्नो अभिनयका कारण दर्शकको मनमा भिन्न स्थान बनाउन सफल रेखालाई शुरुमा अभिनयप्रति कुनै मोह थिएन। तर, बिग्रँदो आर्थिक अवस्थाका कारण उनी पढाइ छोडेर अभिनयमा लागेकी थिइन्। उनले १२ वर्षको उमेरमा एक तेलगु फिल्म खेलेर आफ्नो करिअर शुरु गरेकी थिइन् भने त्यसको ३ वर्षपछि एक कन्नड फिल्मबाट हिरोइनका रूपमा डेब्यु गरेकी थिइन्। तर, उनको पहिलो हिन्दी फिल्म अञ्जाना सफर थियो, जुन फिल्मको एक चुम्बनको दृश्यका कारण उनी चर्चामा आएकी थिइन्। सेन्सरका कारण उक्त फिल्म निर्माण भएको १० वर्षपछि दो शिकारी नामबाट प्रदर्शन भएको थियो।

रेखालाई घुमफिरमा निकै रुचि थियो। त्यस कारण उनी एयर होस्टेज बन्न चाहन्थिन्। एक आइरिस भिक्षुणीबाट शिक्षा प्राप्त गरेपछि भिक्षुणी बन्न चाहन्थिन्। करिअरको शुरुआती चरणमा उनले बी तथा सी ग्रेडका तेलगु फिल्ममा पनि काम गर्नुपरेको थियो। उनलाई मेकअपमा रुचि थियो। यस कारण उनको एक एयर होस्टेज साथीले उनलाई विभिन्न देशबाट मेकअप किट ल्याइदिन्थिन््। उनले उद्योगपति राकेश अग्रवालसँग विवाह गरे पनि केही महिनामा नै उनको पतिले आत्महत्या गरेका थिए।

फिल्मी करिअरको दौरानमा रेखाको नाम अभिनेता अमिताभ बच्चन, राज बब्बर, विनोद मेहरा, नवीन निश्चल, जितेन्द्र, यस कोहली, शत्रुघन सिन्हा तथा अक्षय कुमारसँग जोडिएको थियो। रेखाको नाम अभिनेता सञ्जय दत्तसँग पनि जोडिएको थियो। जो उनीभन्दा ५ वर्षले कान्छा छन्। पछि उनले अमिताभ बच्चनलाई जलाउनका लागि सञ्जय दत्तसँग दोस्ती गरेको बताएकी थिइन्।

रेखा जिम जाने पहिलो बलिउड हिरोइन हुन्। उनले बेसिक एक्ससँइजदेखि जिम शुरु गरेकी थिइन्। उनी योग गर्न पनि माहिर छिन्।

प्रतिक्रिया दिनुहोस्