नेपालमा एक लाख दृष्टिविहीन



 

प्रशान्त वली, काठमाडौं
नेपालमा करिब १ लाख मानिस दृष्टिविहीन भएको एक तथ्याङ्कले देखाएको छ। ३ मिटरको दूरीबाट औंला गन्न नसक्ने अवस्थामा रहेका मानिसलाई दृष्टिविहीन भन्ने गरिएको छ।

यस्तै १ लाख १ हजार ५ सय जनालाई अन्धोपना भएको बताइएको छ। हरेक ५ जना अन्धोपन भएको मानिसमध्ये ४ जनाको उपचार र रोकथाम सम्भव भएको तिलगंगा आँखा प्रतिष्ठानका कार्यक्रम उपनिर्देशक नवीन राईले जानकारी दिनुभयो।

यस्तै, ५ हजार ७५ जनामा जलबिन्दु, ९ हजार १ सय ३५ जनामा आँखाको पर्दाजन्य रोग, ३५ हजार ५ सय २५ जनामा मोतिबिन्दु र ६ हजार ९० जनामा आँखाको नानीमा हुने अन्धोपना र ४ हजार ६० जनामा दृष्टिदोष भएको प्रतिष्ठानले तयार पारेको तथ्याङ्कमा उल्लेख छ।
नेपालमा हाल २ सय १५ जना नेत्र विशेषज्ञ रहेका छन्, जसमध्ये ८६ जना राजधानीमा कार्यरत छन्। बाँकी १ सय २९ जना राजधानीबाहिर रहेको प्रतिष्ठानले बताएको छ।

हाल नेपालमा कम्तीमा पनि ५ सय नेत्र विशेषज्ञ आवश्यक रहेको र कम जनशक्तिमा काम भइरहेको बताइएको छ।

नजिक टाढा वा दुवै दूरीका वस्तु धमिलो देखिएमा, आँखा खुम्च्याएर हेर्दा राम्रो देख्ने भएमा, टिभीनजिकै गएर हेर्ने बानी भएमा बारम्बार टाउको दुखेमा आँखामा समस्या भएको बुझ्नुपर्ने नेत्र विशेषज्ञ बताउँछन्।

आँखामा हुने रोगबाट बच्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने प्रतिष्ठानले बताएको छ। मधुमेह तथा उच्च रक्तचाप भएका सबैले जाँच गराउनुपर्ने तिलगंगा आँखा अस्पतालका उपनिर्देशक रोहित सैजुले जानकारी दिनुभयो।

अस्पतालका उपनिर्देशक रोहित सैंजुले भन्नुभयो– ‘आँखा नदुख्ने तर विस्तारै दृष्टि धमिलो भई टाढाको वस्तु छुटइउन अप्ठइरो भएमा र आँखाको भित्री नानी सेतो भएमा मोतिबिन्दु हुन सक्छ। त्यसैले नजिकको आँखा अस्पताल वा आँखा शिविरमा आँखाको नियमित चेकजाँच गराउनुपर्छ। हरेक वर्ष ८७ लाख नागरिकले आँखा जाँच गराउनुपर्ने देखिन्छ।’

सरकारले स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट नछुटइउँदा समस्या भएको सरोकारवालाले गुनासो गरेका छन्। नेत्र विशेषज्ञले आँखा संवेदनशील भएको भन्दै समय समयममा आँखाको जाँच गर्नसमेत आग्रह गरेका छन्।

यस्तै आँखाको दृष्टिमा कमी आई औषधि, चस्मा वा शल्यक्रियाबाट दृष्टि सामान्य अवस्थामा फर्काउन नसक्दा न्यून दृष्टि हुने भएकाले समयमै आँखाको चेकजाँच गर्नुपर्ने नेत्र विशेषज्ञको भनाइ छ।

आँखाको डल्लो⁄नानी सामान्यभन्दा सानो भएमा, कुनै वस्तु वा अक्षर निकै नजिक राखेर हेर्नु वा पढ्नु परेमा, मसिना अक्षर चस्मा लगाउँदा पनि सफा नदेखेमा दृष्टिमा समस्या आउनसक्ने अस्पतालका उपनिर्देशक सैंजुले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्