भ्रष्टाचारी खुमबहादुर खड्का कांग्रेसको टिकट वितरण समितिमा !



काठमाडौँ । नेपाली कांग्रेसको टिकट वितरण समितिमा भ्रष्टाचारी ठहर खुमबहादुर खड्का पनि परेका छन । कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि उम्मेदवार छान्न खड्कासहितको १७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । भ्रष्टाचारी ठहर भएर जेल बसिसकेका खुमबहादुर खड्कालाई चुनावमा उम्मेद्वार बन्न कानुनले छेके पनि खड्का कांग्रेसको उम्मेद्वार चयन गर्ने समितिमा भने परेका छन ।

बोर्डमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महान्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवि यादव, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रामशरण महत, अर्जुन नरसिंह केसी, गोपालमान श्रेष्ठ, महेश आचार्य परेका छन । त्यस्तै, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, चित्रलेखा यादव, प्रकाशशरण महत, बालकृष्ण खाँड पनि संसदीय बोर्डमा परेका छन । कांग्रेसको विधानमा संसदीय समिति १४ सदस्यीय हुने प्रावधान भए पनि सभपति देउवाले विधान मिच्दै १७ सदस्यीय समिति गठन गरेका छन । दलको विधानमा पदाधिकारी र बढीमा ८ जना निर्वाचित हुने व्यवस्था रहेको संसदीय समितिमा सभापति बाहेकको व्यक्ति संसदीय दलको नेता हुँदा बढीमा १५ सदस्यीय हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्