३ मिटरको दुरीबाट औंला गन्न नसक्ने एक लाख मान्छे नेपालमा (फोटो फिचर)



प्रशान्त वली, काठमाडौं । नेपालमा करिब एक लाख मानीसहरु दृष्टिबीहीन भएको एक तथ्याङकले देखाएको छ । जुन मानिसहरु ३ मिटरको दुरीबाट औंला गन्न नसक्ने अबस्थाका रहेका छन् ।
यस्तै एक लाख एक हजार पाँच सय जनालाई अन्धोपना भएको बताइएको छ । हरेक पाँच जना अन्धोपन भएको मानिस मध्य ४ जनाको उपचार र रोकथाम सम्भब भएको प्रतिष्ठानका कार्यक्रम उपनिर्देशक नबिन राईले जानकारी दिनुभयो । दृष्टिको महत्व बुझौं, बिश्व दृष्टि दिबस मनाऔं भन्ने नाराका साथ बुधबार संचारकर्मीसँग अन्तक्र्रिया गरीएको हो ।
यस्तै, पाँच हजार ७५ जनामा जलबीन्दु, ९ हजार एक सय ३५ जनामा आँखाको पर्दा जन्य रोगहरु, ३५ हजार पाँच सय २५ जनामा मोतिबीन्दु र यस सम्बन्धित रोगहरु, ६ हजार ९० जनामा आँखाको नानीमा हुने अन्धोपना र चार हजार ६० जनामा दृष्टिदोष भएको प्रतिष्ठानले तयार पारेको तथ्याङकमा उल्लेख छ ।
नजिक टाढा वा दुबै दुरीका बस्तुहरु धमिलो देखिएमा, आँखा खुम्च्याएर हेर्दा राम्रो देख्ने भएमा, टिभी नजिकै गएर हेर्ने बानि भएमा बारम्बार टाउको दुखेमा आँखामा समस्या भएको बुझ्नुपर्ने नेत्र बिशेषज्ञहरु बताउँछन् ।
आँखामा हुने रोगबाट बच्नका लागी जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिनुपर्ने प्रतिष्ठानले बताएको छ । मधुमेह तथा उच्च रक्तचाप भएका सबैले जाँच गराउनुपर्ने तिलगंगा आँखा अस्पतालका उपनिर्देशक रोहित सैजुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्