कटुवा पेस्तोल छाडेर भागेका राजकिरणलाई छ्पाप्छ्प्ती खोजिंदै



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यापछि गस्ती तीब्र पारेको प्रहरीले ललितपुरको गोदावरीबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।

प्रहरीले गोदावरी नगरपालिका–११ स्थित लक्ष्मीप्रसाद शाहीको घरमा उनका ३६ वर्षीय छोरा राजकिरण सुत्ने कोठाबाट लुकाएको अवस्थामा एकथान कटुवा पेस्तोल बरामद गरेको हो । पेस्तोल बरामद भएपछि फरार भएका राजकिरणलाई प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्