विवाह गर्न भन्दै धर्ना बसेकी मोदीकी मिरा यीनै हुन् !



एजेन्सी  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विवाह गर्न भन्दै एक महिला धर्ना बसेकी छन् । राजस्थानको जयपुरमा बस्दै आएकी ओम शान्ति शर्माले नरेन्द्र मोदीसँग विवाह गर्ने आफ्नो इच्छा पूरा गर्न धर्ना बसेको बताएकी हुन् ।

ओम शान्ति शर्मा सेप्टेम्बर ८ देखि दिल्लीको जन्तर मन्तरमा धर्ना बसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । पतिले धोका दिएको र आफू निकै तनावमा रहेको शर्माले बताएकी छन् । आफ्नो दुःख नरेन्द्र मोदीले मात्रै बुझ्न सक्ने उनको भनाई रहेको छ । नरेन्द्र मोदी आफूभन्दा बढी उमेरका भएकाले उनको सेवा गर्ने इच्छा व्यक्त गरेकी छन् ।

मोदीले गरीव तथा दुःखीको आवाज सुन्ने बानी आफूलाई निकै मन पर्ने समेत शर्माले बताएकी छन् । साथै उनले  मोदीलाई पाउन जस्तो सुकै तपस्या गर्न आफू तयार रहेको भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्