सलमान खान विरुद्ध प्रहरीमा उजुरी



एजेन्सी । भारतको एक च्यानलबाट प्रशारण हुने ‘बिगबोस’ को अहिले एघारौं संंस्करण चलिरहेको छ । सो शंस्करणबाट बाहिरीएका जुबैर खानले सलमान खानले आफूलाई ‘कुत्ता’ भनेको आरोप लगाएका छन् । यो संगै जुबैरले सलमानले आफूलाई जे पनि गर्न सक्ने धम्की दिएको प्रहरीसमक्ष उजुरी गरेका छन् । उक्त उजुरी अहिले लोनावला प्रहरीले हेरिरहेको छ । यदि उक्त आरोप प्रमाणीत भयो भने सलमान जेलसमेत जान सक्ने छन् ।

टेलिभिजनकै अगाडी सलमानले जुबेरलाई नराम्रोसंग गाली गरेपछि उनले डिप्रेशनको औषधी सेवन गरेका थिए । आफूलाई अण्डरवल्र्ड डन दाउद इब्राहिमको नजिकको नातेदार बनाएर बिगबोसमा इन्ट्रि पाएका जुबैर अन्ततः दाउदको केहीपनि नाता नभएको थाह भएपछि सलमान खान भड्किएको हुनसक्ने अनुमान गरीएको छ ।

यद्यपी सलमान खानले जुबेरलाई कुनैपनि केटीसंग बोलचाल गर्न नआएको र घरमा सबैलाई हेपेर बोलेकोले गर्दा घरबाट बेघर गरीदिएका थिए ।
–एजेन्सी

प्रतिक्रिया दिनुहोस्