फाटेको जुत्ताको फोटो फेसबूकमा अपलोड गरे नयाँ जुता पाईने



नेपाल समाचारपत्र, काठमाडौ । कात्तिक १७ गतेदेखि देशभर रिलिज हुने फिल्म ‘फाटेको जुत्ता’ ले दर्शकहरुलाई फाटेको जुत्ताको फोटो पठाए नयाँ जुत्ता उपहार दिने योजना ल्याएको छ । फिल्मको प्रचार–प्रसार गर्ने क्रममा निर्माण पक्षले फाटेको जुत्ताको फोटो फेसबुकमा अपलोड गरेर ट्याग गर्ने २ सय ५० जनालाई नयाँ जुत्ता प्रदान गर्ने योजना ल्याएको बताइएको छ ।
फाटेको जुत्ताको फोटो आफ्नो फेसबुकमा अपलोड गरेर ट्याग गर्ने व्यक्ति मध्ये गोलाप्रथाबाट छानेर प्रत्येक हप्ता २ सय ५० जनालाई नयाँ जुत्ता घरमा नै पुर्‍याइदिने जानकारी गराइएको छ ।
अर्जुन कुमारको निर्माणमा बनेको ‘फाटेको जुत्ता’लाई निर्देशक निकेश खड्काले निर्देशन गरेका छन भने फिल्ममा प्रियंका कार्की, सौगात मल्ल, कामेश्वर चौरासिया को मुख्य भुमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्