चुनाव सार्ने तरखरमा देउवा सरकार



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले चुनाव सार्ने तयारी गरेको छ । बाम गठबन्धनबाट अताल्एिको कांग्रेसको योजनामा सरकारले चुनाव सार्ने तयारीलाई तीव्र बनाएको छ । बाम दलहरु एकीकरण नै गरेर जाने गरी गठबन्धन बनाएर अघि बढेपछि घेराबन्दीमा परेको महशुष गरेको कांग्रेसले चुनाव सारेर सके त्यसलाई प्रभावित गर्ने र नसके आफैले अन्य दलहरुलाई समेटेर ठूलो गठबन्धन गर्ने कोशिश गरेको छ । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने गरी अनौपचारिक प्रस्ताव गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेको खुलासा भएको छ । तर, राष्ट्रपति भण्डारीले निर्वचन सार्दा गलत सन्देश प्रवाहित हुने भन्दै सरकारलाई सचेत गराएकी छन् । राष्ट्रपतिले सबै दल र निर्वाचन आयोगको सहमतिविना सरकारले निर्वाचनको मिति सार्दा गलत सन्देश जाने बताएकी थिइन् । तर, सरकारले एकै चरणको नाममा चुनाव सार्ने कसरतलाई जारी राखेको छ । त्यसैका लागि आज साँझसम्ममा राप्रपाका कमल थपा लगाएकालाई देउवाले सरकारमा सहभागी गराउने तयारी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्