अर्जेन्टिनाको खेल अघि नै सरकारद्धारा अलर्ट जारी



आगामी सन् २०१८ मा रुसमा हुने फिफा विश्वकपमा अर्जेन्टिना छनोट होला नहोला भन्ने विषयले अहिले व्यापक चर्चाको विषय बनेको छ । हाल छनोटको विषयलाई लिएर सबैभन्दा बढी चिन्तित त अर्जेन्टिनाका फ्यानहरु रहेका छन् । जुन देश भित्र र देश बाहिर विश्वभर छरिएर रहेका छन् ।

यसैबीच अर्जेन्टिनामा मंगलबार हुने खेललाई लिएर मानिसहरुको स्वास्थ्य प्रति सरकारले अलर्ट जारी गरेको छ । इक्वेडर विरुद्ध जितले मात्र विश्वकपको प्लेअफमा ठाउ पाउने अवस्थामा पुगेको अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले खेलको समयमा मानिसहरुमा आउन सक्ने हार्ट अट्याकको समस्याप्रति चिन्तित देखिएको छ।

सन् २०१४ को विश्वकप पछि लगातार निराशाजनक प्रदर्शन गरेको अर्जेन्टिनामा त्यति बेला पनि फ्यानहरुको अर्जेन्टिना प्रतिको माया र लगावले उनीहरु भावनामा बग्ने हुदा मुटुको समस्या बढी देखिन सक्ने एक प्रकाशित रिर्पोटले बताएको छ ।

जसले गर्दा मंगलबार हुने खेलको लागि अर्जेन्टिनाको स्वास्थ्य मन्त्रालयले फ्यानहरुलाई भावनामा आएर स्वास्थ्य नबिर्गान आग्रह गदै,खेलको समयमा सचेत रहन अपिल समेत गरेको छ ।
विशेष गरी पेनाल्टी गोलको अवसर र गोल हानेको अवसरमा फ्यानहरुलाई उतेजित नहुने सरकारले आग्रह गरेको छ ।

त्यस्तै विभिन्न अध्ययनहरुलाई आधार बनाएर मन्त्रालयले खेलको समयमा विभिन्न खाना र ड्रिंकलाई प्रयोग नगर्न पनि सल्लाह दिएको छ ।

चिनीयोग्य खाना र रक्सी नपिउन सल्लाह दिदै ओभनमा पकाएको आलु र गुलियो चिज नखान आग्रह गरेको छ ।
त्यस्तै मन्त्रालयले खेलका क्रममा फ्यानहरुलाई शरीर खुला राख्नु भन्दै हात खुट्टा चलाईरहन र हाफ टाइममा हिड्न आग्रह गरेको छ ।

दक्षिण अमेरिकी समुहबाट ब्राजिल रसियामा हुने विश्व कपका लागि यसअघि नै छनौट भैसकेको छ, भने हाल उरुग्वे, चिली र कोलम्बिया क्रमश दोस्रो,तेस्रो र चौथो स्थानमा रहेको छ भने पेरु पाचौ स्थानमा उक्लिएको छ । दक्षिण अमेरिकी समुहबाट शिर्ष चार टिम सिधै छनौट हुने छन् भने पाचौ हुने टिम इन्टरकन्टिनेन्टल टिमसँग छनौट खेल खेल्नु पर्ने हुन्छ ।
अब छनौट चरणको अन्तिम खेल मात्र खेल्न बाँकी छ । जसमा अर्जेन्टिनाले इक्वेडरको सामना गर्नुपर्ने छ ।

अर्जेन्टिनाले छनौट चरणको अन्तिम खेल अब अक्टोबर १० मा इक्वेडरसँग खेल्ने छ । नेपाली समय अनुसार भने अर्जेन्टिना र इक्वेडरविचको खेल बुधबार बिहान ५ः१५ बजे हुनेछ ।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्