सोनमको इनगेजमेन्ट बकवास !



सेलिब्रेटीहरुको जुनसुकै कुराले चर्चा पाउने गर्छ। त्यसमा पनि बलिउड सेलिब्रेटीको चर्चाले बजार तताउने गर्छ, चाहे उनीहरुले केही नयाँ गरून् या नगरून्।

विवाह र इगेजमेन्टको यो मौसममा बलिउड नायिका सोनम कपुरको इगेजमेन्टको कुरा पनि बाहिरियो। तर, यति धेरै खुसीको खबर सुन्न पाइएला भन्ने कुराको आशा भने सोनम आफंैले पनि गरेकी रहिनछिन्। एक भारतीय अनलाइनले जनाएअनुसार हालै एक भारतीय पत्रिकाले सोनम आफ्नो साथी आनन्द आहुजासँग इगेजमेन्ट गर्ने र उनको परिवारको त्यो समयको प्रतीक्षामा छन् भन्ने समाचार प्रकाशित गरेको थियो।

आफ्नो बारेमा आफैंलाई थाहा नभएको कुरा अचानक समाचार बनेर आएपछि सोनम चुप रहन सकिनन् र सामाजिक सञ्जालबाटै भए पनि आफ्नो कुरा राखिन्। उनले यस अफवाहको बारेमा आफ्नो ट्विटर अकाउन्टमा उक्त पब्लिकेसनलाई ट्याग गर्दै लेखेकी छिन्– ‘यो दुनियाँमा धेरै कुराहरु भइरहेका छन्, तर तपाईंहरुले मेरो पर्सनल लाइफ नै कभर गर्न चाहनुभयो?

मेरो ईनगेजमेन्ट भएको छैन।’ उनले अर्को ट्विट गर्दै लेखेकी छन्– ‘यदि तपाईंको समाचारको स्रोत मेरो परिवार या साथीभाइ हुन् भने आश्वस्त हुनुहोस् कि उनीहरु मेरो वास्तविक परिवार वा साथी होइनन्।

यदि मैले विवाह गरें भने यसको घोषणा म आफंै गर्छु। त्यस कारण बकवास लेख्न बन्द गर्नुहोस् र आफ्नो असली काम यानी कि पत्रकारितामा ध्यान दिनुहोस्।’

प्रतिक्रिया दिनुहोस्