फिल्म टेलिभिजनमा प्रसारण गरिए हलमा रिलिज नगरिने



रिलिजमा आएकै दिन टेलिभिजन वा अन्य विद्युतीय माध्यममा प्रसारण हुने फिल्मलाई आगामी दिनबाट सार्वजनिक हलमा प्रदर्शन नगरिने भएको छ।

वितरक तथा प्रदर्शकहरुको साझा संगठन नेपाल चलचित्र संघको सोमबार बसेको कार्यसमिति बैठकले यो निर्णय गरेको हो। संघका अध्यक्ष प्रदीपकुमार उदयद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार हलमा प्रदर्शन भएकै दिन टिभीलगायत अन्य विद्युतीय सञ्चारमाध्यमबाट प्रदर्शन हुँदा यो क्षेत्र धराशयी भई समाप्त हुन जान सक्ने भएकाले एकैदिन त्यसरी प्रसारणमा ल्याइए त्यस्ता फिल्म रिलिज नगर्ने निर्णय गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्