‘विस्तारै हुँदै छ’



हिजोआज आफू ठडिन नपाएको झोकमा यो धरहरालाई ज्यादै चिन्ता लागेको छ। पुनर्निर्माण प्राधिकरण हिजोआज पुर्ननिर्माण प्राधिकरणजस्तो बनेको यसले अड्कल काटेको छ। हरेक कुरा ढिलासुस्ती हुने यो देशमा ढिलासुस्ती हुनु कुनै अनौठो विषय होइन पनि। काठमाडौंको खाल्डाखुल्डी त सामान्य भइसके धरहरालाई।

त्यसैले यसो धरहराले आफ्नो दूरविन गोरखातिर सोझ्याएको त अचम्म देखियो। गोरखाको १२ किलोदेखि छेवेटारसम्मको सडकमा एउटा फ्लेक्समा ‘विस्तारै निर्माण कार्य हुँदै छ’ भनेर लेखेको देख्यो।

हैन हो किन विस्तारै गर्नुपर्यो ?
छिटोछिटो गरे हुँदैन भन्या ?
अचम्मै छ बा। हरेक कुरा विस्तारैले यो देश अब बर्बादीतिर जाने त हैन ?

कि कसो पाठकवृन्द ? सुझाव पाऊँ है।

प्रतिक्रिया दिनुहोस्