समुद्रमुनि भेटियो श्रीकृष्णको द्वारका (भिडियो)



भारतको गुजरातमा अरब सागरमा १३० फीटको गहिराइमा १० हजार वर्ष पुरानो अवशेष फेला परेको छ । विज्ञहरूका अनुसार, यो द्वापर युगमा भगवान् श्रीकृष्णले बनाउनुभएको द्वारका नगरी हो । अरब सागरमा प्रदूषणको मात्रा चिरहेको टोलीले यो सफलता हासिल गरेको हो ।

सरकारले आधुनिक प्रविधि प्रयोग गरेर द्वारकाका अवशेषहरू पत्ता लगाइरहेको छ । सन् २००० देखि २०११ सम्म नेसनल इन्स्टिच्युट ओसन टेक्नोलोजीले समुद्रमा प्रदूषण जाँच गरिरहँदा अवशेष भेटेको हो ।समुद्रको गर्भमा एक पर्वत फेला परेको थियो ।

पौराणिक ग्रन्थअनुसार, भगवान् श्रीकृष्णले इहलीला समाप्त गरेपछि समुद्रले द्वारका नगरलाई डुबाइदिएको थियो ।वैज्ञानिक रूपमा हेर्दा महाभारतको युद्धमा आणविक बमहरूको प्रयोगपछि विश्वको तापक्रम बढेर समुद्रको जलस्तर बढेर द्वारका डुबेको हुनसक्छ ।

अनुसन्धानका क्रममा ढुंगाको हतियार, माटोको भाँडो, नहर बनाउने संसाधन, स्नानागार, मूल्यवान पत्थरका साथसाथै मानव हड्डी पनि फेला परेको थियो । त्यसैले कुनै समयमा यहाँ मानव बस्ती थियो भन्ने देखिन्छ ।

यहाँ भेटिएको काठको सामानको कार्बन डेटिङले नौ हजार ५०० वर्ष पुरानो सामान भएको पत्ता लाग्यो । त्यसबाहेक यहाँ हडप्पा सभ्यतामा देखिएका तलाउ र स्नानागार जस्ता कुरा पनि भेटिए ।अनुसन्धानका क्रममा एक हजार नमूना भेटिए र तिनमा २५० वटा कुरा पुरातात्त्विक महत्त्वका छन् ।

https://youtu.be/pTWIJ9WXiI4

प्रतिक्रिया दिनुहोस्