संसद भवन नजिकै निर्माण व्यवसायी गौचनको हत्या यसरी भयो (फोटोफिचर)



काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको छ । काठमाडौंको शन्तिनगरमा सोमवार दिउँसो गौचनको गोली हानी हत्या भएको हो । सोमबार दिउँसो सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुई सुटरले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी हत्या गरेका हुन् । गोली लागेपछि उपचारको लागि नजिकैको सिभिल अस्पताल लगिएको भएपनि डाक्टरले उनलाई मृत घोषित गरेको थियो । गौचनको शरिरमा तीनवटा गोली लागेको छ । जसमा एउटा गोली मुटुमा, एउटा कलेजोमा अर्को पेटमा लागेको छ । प्रहरीका अनुसार मोटरसाइकल चालकले पिंक कलरको हेलमेट र टिसर्ट लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्