नवलपुरमा एमालेलाई चुनावी चटारो



नेपाल समाचारपत्र, नवलपुर ।
नेकपा एमाले नवलपुरले क्षेत्र नम्बर १ ले कृष्ण पौडेल, डा.गोपाल खनाल र सुस्मा काफ्लेलाई सिफारीस गरेको छ ।

यस्तै क्षेत्र नं १(क) मा यमुनाथ आचार्य, षडानन्द लामिछाने र गिता तिवारीको नाम सिफारीस गरेको छ । क्षेत्र नं २(क) का लागी सुर्यप्रसाद पाण्डे, रामकृष्ण ढुङ्गाना र ईश्वरी ढकालको नाम सिफारीस गरेको छ । नेकपा एमाले नवलपुर जिल्लामा चुनावी चटारो बढेको छ ।

नवलपुरमा दुई वटा संघ र ४ वटा प्रदेश सदस्यका लागी दलहरु चुनावी प्रचारप्रसारमा लागेको बताइएको छ । यस्तै नेकपा एमाले नवलपुर संघीय क्षेत्र नम्वर १ को प्रदेश नम्वर दुईको सदस्य पदका लागी तिन जनाको नाम सिफारीस भएको छ । क्षेत्र नम्बर २ मा तिलक महतलाई प्रतिनीधी सभाका लागी सीफारीस गरीएको छ ।

यस्तै २ को ख मा जनकराज श्रेष्ठलाई प्रदेश सभा सदस्यका लागी सिफारीस गरीएको नेकपा एमाले नवलपुरले बताएको छ ।

यसैगरी नवलपुर १ ख मा प्रदेश सभा सदस्यका लागी धर्मदत्त भुषाल, रोशन गाह र पार्वता पाण्डे महिलाबाट निर्बीरोध सिफारीस हुनुभएको बताइएको छ । भुषालले पार्टीका जिल्ला अध्यक्ष गाहालाई पराजित गर्नुभएको थियो । भुषाल बौद्धिक नेताका रुपमा चिनीनुहुन्छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय सदस्य समेत रहनुभएका भुषाल पार्टीको ४ नम्बर प्रदेश बिभाग सदस्य समेत हुनुहुन्छ ।

यस्तै गाह पार्टीका जिल्ला अध्यक्ष हुनुहुन्छ भने पाण्डे जिल्ला कमीटि सदस्य हुनुहुन्छ । तिन जना मध्य एक जनाको नाम पार्टीको केन्द्रिय सचिबालय बैठकले टुगों लगाउने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्