भेरी–बबई डाइभर्सन आयोजनामा सुरुङ खन्ने मेशिन जडान



बिष्णु तिमिल्सिना,बर्दिया ।
भेरी नदीको पानी बबई नदीमा खसालेर बबई नदीमा पानिको मात्रा वृद्धि गरि बर्दिया र बाँके जिल्ला को भुमि सिञ्चित गराउने मुख्य उदेश्य राखी निर्माणाधीन रास्ट्रीय गौरवको भेरी बबई बहुउद्देश्यीय आयोजनाुको सुरुङ्ग खन्नका लागि अत्याधुनिक प्रविधियुक्त २ सय ४८ मीटर लामो टनेल बोरिङ् मेसिन जडान कार्यको सुभारम्भ सिचाइ मन्त्री सन्जय कुमार गौतमले गर्नु भयो । उक्त मेसिनले प्रति दिन १५२० मीटर सुरुङ खन्नेछ। जम्मा १२ किलोमिटर सुरुङ खन्ने कार्य का लागि दुइ बर्ष लाग्ने कुरा सो आयोजनाका कार्यकारी निर्देशक शिव कुमार बस्नेतले जानकारी गराउनु भयो ।
शिवालिक पर्वत (चुरे पहाड) क्षेत्रमा यस प्रकारको मेशिनद्वारा सुरुङ खन्ने कार्य नेपालमा पहिलो र संसारमा दोस्रो हो, यस अघि पाकिस्तानको झेलम नदी क्षेत्र मा चुरे पहाडमा मेसिनद्धवारा सुरुङ खन्ने कार्य भएको हो ।
चालकरहित र कम्प्युटरबाट संचालित हुने उक्त मेशिन जडान गर्न करिब दुइ महिना लाग्ने छ यसअघि २ सय ४८ मिटर लामो उक्त मेशिन जडान गर्न सुरुङ्ग खन्ने कार्य कामदार हरुले गरेका थिए । सुरुङ खन्ने कार्य सम्पन्न भए पछि बर्दिया र बाँके जिल्लाको करिब ५१ हजार हेक्टर जमिनमा बार्है महिना सिचाइ सुबिधा उपलब्ध हुनेछ ।
हाल बबई नदिको पश्चिम खण्ड मा १० हजार र पूर्वी खण्डमा १५ हजार गरि जम्मा २५ हजार हेक्टर जमिनमा सिचाई सुबिधा पुगेको छ, बबई सिचाई आयोजना सम्पन्न हुँदासम्म ३६ हजार हेक्टर जमिनमा सिचाई सुविधा पुग्ने छ । महेन्द्र राजमार्ग क्षेत्र भन्दा उत्तर तर्फको बर्दिया जिल्ला को ६ हजार हेक्टर र बाँके जिल्लाको ९ हजार हेक्टर जमिनमा सिचाई सुविधा पुर्याउनको लागि भने छुट्टै पद्दति बाट काम गर्नुपर्ने देखिएको कुरा बबई सिचाई आयोजनाका सबडिभिजन इञ्जिनिअर रामबहादुर थापाले बताउनु भयो । हाल हिउँदमा पानीको मात्रा कम हुँदा क‌ृषकहरुलाइ सिचाइ को असुबिधाजनक अवस्था छ।
२०७१ माघ देखि सुरु गरि २०७५ फागुन सम्म मा सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएतापनि उक्त समयावधि भित्र कार्यसम्पन्न हुन नसक्ने अवस्था रहेको छ ।
साथै सो आयोजना अन्तरगत जम्मा १५ मीटर अग्लो बाँधको निर्माण गरिनेछ जसबाट प्रति सेकेन्ड ४० क्वुसेक पानी भेरी बाट बबई नदि मा खसाल्ने लक्ष्य छ । तेस्रो लक्ष्य ४८ मेघावाट बिद्धुत उत्पादन गर्ने रहेको छ । यी सबै कार्यका लागि कूल १० अरव ५६ करोड रुपैयाँ लागत खर्च हुनेछ। चिनियाँ निर्माण कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ्ग ग्रुप लिमिटेड ९कोभेक० ले निर्माणकार्यको जिम्मा लिएको सो आयोजनामा २५० जना नेपाली र ६५ जना चिनियाँ कामदारहरू अहोरात्र काम गरिरहेको कुरा आयोजना निर्देशक शिव कुमार बस्नेतले बताउनु भयो ।
एक जलाधार क्षेत्र बाट अर्को जलाधार क्षेत्रमा पानी पुर्‍याउने कार्य नेपालमा यो पहिलो भएको र यसको सफलता पश्चात देशका अन्य ठाउँहरु मा पनि यो प्रबिधिको प्रयोग क्रमश गरिने र नेपालले बिकासमा फड्को मार्ने कुरा सिचाइ मन्त्री सन्जय कुमार गौतमले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्