सिद्धबाबा सडकखण्डको पहिरोले सधैँ समस्या, सडककोे विकल्पको खोजी गर्न सरोकारवालाहरु जुर्मुराए



कविराज नेपाल,पाल्पा ।
गएको दशै देखि कहिले लगातारको पहिरो त कहिले सडक मर्मतको नाममा तानसेन वुटवल सडक खण्डको सिद्धवावा नजिकै करिव तीन किलोमीटरको यात्रा दिनानुदिन अनिश्चित बन्दै गएको छ ।

यसबीचमा थुपै्र पटक सडक बन्द भइसकेको छ भने जोखिमपूर्ण यात्राका कारण यसको विकल्पको खोजी गर्नुपर्ने माग जोडतोडले उठाउन थालिएको छ ।

यस सडक मार्ग भएर हिडने रुपन्देही, पाल्पा, गुल्मी,अर्घाखाँची, वाग्लुङ्ग, स्याङ्गजा, पर्वत लगायतका जिल्लाका यात्रु अलपत्र पर्ने गरेका छन् भने घन्टौ समयसम्म जाममा पर्ने गरेका छन् । सोमबार पनि यो क्रम जारी नै छ ।

सडक मर्मतको काम भन्दै विहान १० वजेदेखि दिउसो ४ वजेसम्म सडकमा सवारी साधन आवतजावतमा रोक लगाइएको जिल्ला ट्राफिक कार्यालय पाल्पाका प्रमुख प्रविण आचार्यले जानकारी दिएका छन् ।

सवारी आवागमन नरोक्दा मर्मतसंभार गर्नै काम प्रभावित हुने भन्दै सडक अवरुद्ध गरिएको हो । तानसेन वुटवल सडकखण्डको खण्डमा जोडतोडले दिनदिनै सडकमा डोजर नै तेस्र्याएर मर्मत गर्ने ढुङगा माटो फाल्ने काम भइरहेको छ भने पहिरोले सास्ती दिएकाले नागपूजा समेत गरिसकिएको छ ।

यस सडक खण्डको तिनाउ गाउपालिकामा पर्ने यस क्षेत्रमा यसवर्ष मात्रै करिव एक दर्जनले पहिरो र ढुङगा लागेर ज्यान गुमाइसकेका छन । सवारी आवागमन रोकीदा वुटवलबाट पोखरा,स्याङ्जा,गुल्मी,अर्घाखाँची लगायतका स्थानमा जाने यात्रुले सास्ती भोगेका छन भने कतिपयले रुपन्देही जाने यात्रा रोकेकाछन । यहीमार्ग भएर काठमाण्डौ जाने सवारी साधन भने पोखरा भएर गएर गएका छन ।

विकल्पको खोजी 

पाल्पा वुटवल खण्डमा वर्षातको वेला निकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने र माथिबाट खस्ने ढुङगाका कारण मानिसहरुको ज्यान जाने गरेकाले सरोकारवालाहरुले यस मार्गको विकल्पको खोजी गर्न माग गरेका छन ।

विगतमा पाल्पालीहरुले यस सडक खण्डमा सुरुङ्ग मार्ग निर्माण गर्न नेपाल सरकारका उच्च पदस्थ व्यक्तिहरुलाई ध्यानाकर्षण गराइसकेका छन् ।

केही समय पहिले मात्र पनि यस सडकको विकल्पको रुपमा अन्य मार्गको प्रयोग गर्नुपर्ने भन्दै जिल्ला समन्वयसमिति पाल्पा, तानसेन र रामपुर नगरपालिका, सरोकारवाला जिल्लाका आठवटै गाउ पालिकाहरु,पाल्पा उद्योग वाणिज्य संघका अध्यक्षहरुको वैठक वसी वुटवलको चरङ्गे,दोभान हुदै जाने झुम्सा सडक तत्काल निर्माण गर्ने सहमति गरेका छन ।

जिल्ला समन्वय समितीले आयोजना गरेको वैठकमा जिल्ला वन र सडक कार्यालयका प्रतिनिधी समेत सहभागि थिए ।
यस अघि पनि यस सडक खण्डमा वैकल्पिक वा सुरुङ मार्ग, नुवाकोट हुदै वुटवल पारी वा वासटारी–झडेवा – खैरेनी मार्गका लागि पनि विकल्पहरुको खोजी भैरहेको छ ।

पछिल्लो समय निकै सास्ती र जोखिम वढेपछि सरोकारवालाहरु निकै तातेका छन । सडकमार्गको स्तरोन्ती नहुदा यहाको व्यापार व्यवसाय, पर्यटन व्यसायका अतिरिक्त सवैजसो क्रियाकलापमा समस्या परेको गुनासो जिल्लावासीले गरेका छन ।

प्रतिक्रिया दिनुहोस्