तीन बीस तीस राष्ट्र बैंक इस ?



 

बिस कि बीस यो अहिले बहसको विषय बनेको छ। नबनोस् पनि किन नेपाल राष्ट्र बैंकबाट जारी हुने नोटमा फरक–फरक ढंगबाट एउटै नोटको डिजाइन हुन थालेपछि धरहरा पनि अलमलमा परेको छ। नेपाल राष्ट्र बैंकको नाममा जारी भएको २० रुपियाँको नोटमा दुई थरी वर्णविन्यास प्रयोग भएपछि राष्ट्र बैंकका हाकिमको नेपाली भाषा जाच्ने मन धरहरालाई लागेको छ। यो अदृश्य धरहराले पत्ता लगाउने गरी गरिएको गल्तीलाई राष्ट्र बैंकले कति दिन छोपेर राख्छ यो धरहराले हेरिरहेको छ।

हैन राष्ट्र बैंकका हाकिमहरू त धुरन्धर हुन्छन् भन्ने धरहराले सुनेको थियो तर त्यो होइन रहेछ भन्ने निष्कर्षमा धरहरा पुगेको छ। हरेक नेपालीको हातमा जाने २० रुपियाँको नयाँ जारी भएको नोटमा अक्षरमा लेखिएको छ बिस ? हुनु पर्ने बीस थियो। तीन बीस तीस राष्ट्र बैंक इस भन्ने धरहरालाई लागेको छ।

प्रतिक्रिया दिनुहोस्