एनआईसी एसिया क्यापिटलको सीईओ नियुक्त



 

काठमाडौं (नेस)
एनआईसी एसिया क्यापिटल लिमिटेडको ३९औं सञ्चालक समितिको बैंठकले एनआईसी एसिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा झनकराज ढुंगेललाई नियुक्त गरिएको छ।

विगत २३ वर्षदेखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहँदै आउनुभएका ढुंगेल यसअघि अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा आबद्ध रहनु भएको थियो। ढुंगेलले एनआईसी एसिया बैंकको मातहतमा प्रमुख कार्यकारी अधिकृत रहनु भएका रामचन्द्र खनालको स्थानमा कार्यभार समाल्नुहुने छ।

प्रतिक्रिया दिनुहोस्