ठाडोभाकाको प्रतियोगिता हुने



 

लमजुङ, (नेस)। ठाडोभाका शिरोमणि दीर्घराज अधिकारी उर्फ भेडीखर्के साइँलाको ४५औं पुण्य तिथिमा आगामी कात्तिक ९ गते लमजुङमा ठाडोभाकाको खुला प्रतियोगिता गरिने भएको छ।

नेपाल पूर्वप्रहरी संगठन जिल्ला समिति र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला समिति लमजुङको आयोजना तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङ र इन्द्रेणी कला केन्द्र काठमाडौंको सहआयोजनामा प्रतियोगिता गरिन लागेको हो।

प्रतियोगिताका लागि भोटेओडार क्षेत्रमा बसोबास गर्ने सबै घरपरिवारलाई सहभागी हुन अनुरोध गरिने पूर्वप्रहरी संगठनका जिल्ला कोषाध्यक्ष कमल अधिकारीले बताए। संगठनका जिल्ला अध्यक्ष कुलबहादुर गुरुङका अनुसार उक्त प्रतियोगितालाई ऐतिहासिक र अविस्मणीय बताउनका लागि विभिन्न उपसमितिसमेत गठन गरी कामलाई तीव्रता दिइएको छ।

प्रतिक्रिया दिनुहोस्