ईपीजी बैठक सम्पन्न



 

काठमाडौं, (नेस)
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को पाँचौं बैठक आइतबार सम्पन्न भएको छ।

दुई दिनसम्म चलेको उक्त बैठकमा खुला सीमा व्यवस्थापन, १९५० को शान्ति तथा मैत्री सन्धि, जलस्रोतलगायतका विषयमा छलफल थियो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका संयोजक डा. भेषबहादुर थापाले दुवै देशबीच रहेको कुनै पनि विषय वा विवादलाई अध्ययनका आधारमा समाधान गर्ने तथा यस विषयमा नयाँ आयाम दिन पहल भइरहेको जानकारी दिनुभयो।

बैठकमा स्थलमार्ग भएर एक–अर्काको देशमा आवतजावत गर्न परिचयपत्रको व्यवस्था गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ। त्यस्तै सीमा व्यवस्थापन र सुरक्षा, सीमा विवाद तथा जलस्रोतका विषयमा छलफल भएको थियो।

समूहको आगामी बैठक आउँदो नोभेम्बर ११ र १२ मा नयाँ दिल्लीमा बस्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्