झापा प्रहरीले चलाएको फरार अभियुक्त विशेष अप्रेशनमा ७० जना अभियुक्त पक्राउ



नेपाल समाचारपत्र, भद्रपुर ।
जिल्ला प्रहरी कार्यालय झापाले दुई महिनादेखि चलाएको फरार अभियुक्त विशेष अप्रेशनमा फरार मध्ये ७० जना अभियुक्तलाई पक्राउ गरेको छ ।

झापा जिल्ला अदालत भद्रपुरले फैसाला सुनाएका कैद तथा जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ पर्न थालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट विभिन्न मितिमा पक्राउ गरिएको झापाका एसपी बिष्णुकुमार केसीले बताए । प्रहरीले चाडपर्वको मौका छोपी घर आएका १० जना फरार अभियुक्तलाई पनि पक्राउ गर्न सफल भएको एसपी केसीले जानकारी गराए ।

केही प्रहरीको फन्दामा परे, भने केही अझै पनि फरार रहेको उनले बताए । अदालतबाट फैसला सुनाई प्रहरीको फरार सूचीमा रहेका अभियुक्तहरुको खोजी कार्य तिव्र बनाइएको छ । जिल्लाका प्रत्येक इलाका, चौकी र वडाका इञ्चार्जलाई फरार अभियुक्त पक्राउ गर्नु भनि निर्देशन दिइसकेको उनले बताए ।

प्रहरीका अनुसार दशैमा पक्राउ परेका अभियुक्तहरु ०६४ माघ ६ गते अदालतले फैसला सुनाएका ११ महिना १५ दिन कैद सजायका फरार अभियुक्त मेचीनगर ५ बस्ने ३८ बर्षिय नरेशकुमार लावतिलाई असोज १९ गते पक्राउ परेका छन् ।

०६९ माघ २४ गते अदालतले फैसला सुनाएका १८ दिन कैद र ४ हजार ४ सय ५२ रुपैया जरिवानाका फरार भद्रपुर ८ बस्ने २३ बर्षिय काले भन्ने् राजु चौधरीलाई असोज ९ गते पक्राउ गरिएको छ । त्यस्तै ०७१ चैत २४ गते अदालतले एक महिना १८ दिन कैद र ७ हजार ५ सय २६ रुपैया फैसला सुनाएका अर्जुनधारा १० बस्ने २५ बर्षिय जोनी चौधरीलाई असोज १७ गते पक्राउ गरिएको हो ।

०७१ चैत २४ गते अदालतले फैसला सुनाएका २ महिना कैद र ७ हजार ५ सय २७ जरिवानाका फरार अर्जुनधारा नगरपालिका १० बस्ने २० बर्षिय सुरज कालीकोटेलाई असोज १७ गते पक्राउ गरिएका हो ।

०६७ बैशाख २१ गते अदालतले फैसला सुनाएका १ महिना कैद र ७५ हजार जरिवानाका फरार भद्रपुर ४ बस्ने ३० बर्षिय प्रताप भन्ने रामकुमार मगरलाई असोज ८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्