यस्ता छन काँक्रोमा १५ रोचक तथ्य र आश्र्यजनक फाईदाहरु



काँक्रो सबैलाई मन पर्छ । काँक्रोलाई फलफुल भनिएता पनि यसबाट बिभीन्न परीकार बनाउन सकिन्छ । काँक्रो खाँदा जति मिठो हुन्छ, त्यतीकै धेरै फाइदाजनक पनि हुन्छ । जान्नुहोस काँक्रोबारे यस्ता रोचक तथ्यः

  • काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसमो शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ ।
  •  सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।
  •  यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ । मिर्गौलाको पत्थरीमा यो निकै लाभकारी मानिन्छ।
  •  काँक्रो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ र अल्छी लागेको बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ।
  •  पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ।
  • यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ।
  •  धेरै अध्ययनहरुले के पुष्टि गरेका छन् काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन्।
  • रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ ।
  • मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ।
  •  यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।
  •  काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो।
  •  यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ।
  •  यसले युरिक एसिडको लेभललाई पनि घटाउँछ।
  •  यसले इन्सुलिन उत्पादनका लागि प्याङक्रियाजलाई सहयोग गर्छ, त्यसैले काँक्रो मधुमेहका रोगीका लागि उपयोगी हुन्छ।
  •  यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ ।
    एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्