भिडियोमा सान्नानी



 

गायक नारायण गजमेरको स्वरको नयाँ गीत सान्नानी म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। कल्याण सिंहद्वारा संगीतबद्ध उक्त गीतको म्युजिक भिडियोमा नृत्यंगना एलिसा राई र नेपाली ठिटोजका कलाकारले आकर्षक नृत्य र अभिनय गरेका छन्।


प्रकाश क्षणिकका शब्दहरूको उक्त गीत निश्चल नामक गीती अडियो एल्बममा समावेश छ। सञ्जीव बराइली उक्त गीतका संगीत संयोजक हुन्। म्युजिक भिडियोको निर्देश्ँन सुव्रतराज आचार्यले गरेका हुन्। अनील के मानन्धर तथा रमेश परियार (अमेरिका) द्वारा छायांकन गरिएको उक्त भिडियोका सम्पादक विकास ज्ञवाली हुन्। भिडियोमा नेपाली ठिटोजका सुनील क्षेत्रीले आकर्षक कोरियोग्राफी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्