स्नेहा सिन्ड्रेला नेपाल



 

स्नेहा पौडेल सिन्ड्रेला नेपाल २०१७ मा चुनिएकी छिन्। राजधानीमा सम्पन्न प्रतियोगितामा २८ सहस्पर्धीलाई उछिन्दै स्नेहाले उपाधि जितेकी हुन्। उनले पब्लिक च्वाइस अवार्डसमेत जितिन्।

प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा हालै राजधानीमा आयोजित प्रतियोगिताको दोस्रो संस्करणमा आर्या खड्का फस्ट र अनुष्का खड्का सेकेन्ड रनर्सअप भए भने सयुरी कडरियामिस बेस्ट क्याटवक र मिस ट्यालेन्ट भइन्।

९ देखि १३ वर्ष उमेर समूहको प्रतिभा प्रस्फुटन प्रतियोगितामा सीमा खत्री मिस इनोसेन्ट, न्यान्सी गुप्ता बेस्ट हेयर, समिरा तामाङ बेस्ट स्किन, श्रीषा नकर्मी फोटोजेनिक, सोनाक्षी पोखरेल मिस पर्सनालिटी, श्रीष्मा प्रसाईं मिस फ्रेन्डसिप, आभा शर्मा बेस्ट डे«स, प्रेरणा शेर्पा मिस चार्मिङ, सुदिता लिङ्देन बेस्ट स्माइल र स्लेश्मा विष्ट मिस डिस्प्लिन भए।

प्रतियोगितामा गीतकार राम रेप्चुङ राई, अम्बर श्रेष्ठ, अमरज्योति रञ्जित, अधिवक्ता लक्ष्मण महर्जन, उज्वलकृष्ण श्रेष्ठ, प्रदीप प्रधान र डिना काइनी निर्णायक रहेका थिए। मोडल विपना थापाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको इभेन्ट मेनेजमेन्ट संयोजत्व र सुदर्शन सुवेदीले गरेका थिए। अर्थ राज्यमन्त्री उदयशमशेर राणाको आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक रुकमान लिम्बुले गीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए। आयोजक संस्थाका अध्यक्ष पुफु तेञ्जिङ शेर्पाले कार्यक्रम सोचेभन्दा राम्रो भएको बताए।

प्रतिक्रिया दिनुहोस्