बालिकालाई मोसो दली सिस्नु पानी हान्ने सातजना पक्राउ



मोरङ । चोरीको आरोप लगाउँदै एक बालिकालाई मोसो दली दुव्र्यवहार गर्ने मोरङको बेलबारी नगरपालिकाका तीनजनालाई इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ ।

गत १९ गते बेलबारी नगरपालिका–२ देवीथान डाँडा बस्ने हेमकुमार परियारकी १४ वर्षीया छोरी सम्झनालाई दुव्र्यवहार गर्ने अनिता दनुवार, ६२ वर्षीय कुलदिप दनुवार, ४० वर्षीया दुर्गा चौधरी, २१ वर्षीय गोविन्द मगर, ४४ वर्षीया हर्कमाया थापामगर,  ५२ वर्षीया मनकुमारी तामाङ र २४ वर्षीय वीरजंग परीयारसहित सातजना पक्राउ परेका हुन् ।

बालिकालाई अनिता दनुवारको घरभित्र खाटमा राखेको पर्सबाट सात सय रुपैयाँ चोरी गरेको भन्दै उनीहरुले मोसो दली, चप्पलको माला लगाएका थिए । यो समूहले बालिकामाथि सिस्नो पानीसमेत लगाई गाउँ घुमाइरहेको अवस्थामा इप्रका बेलबारीको प्रहरी टोलीले उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्