गोपाल किरातीले अर्को माओवादी बनाउने



काठमाडौँ । नेकपा एमालेसँग चुनावी तालमेल तथा पार्टी एकता प्रक्रिया चलिरहँदा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य तथा नेता गोपाल किराती अर्को माओवादी पार्टी खोल्न जुटेका छन्।

तत्कालीन जनयुद्धको समयमा किरात जनवादी वर्कर्श पार्टी खोलेर हिसांत्मक राजनीतिमा होमिएका किराती २०५७ सालदेखि माओवादीमा समाहित भएका थिए ।

तर, एमाले, माओवादी केन्द्र र नयाँशक्ति नेपालबीच एकीकरण प्रक्रिया चलिरहँदा किरातीले भने छुट्टै पार्टी खोल्ने अभियानलार्इ भित्रभित्रै तीब्र पारेका हुन् ।

वाम गठबन्धन र पार्टी एकता प्रक्रियाप्रति गम्भीर असहमति राखिरहेका नेता किरातीले नेकपा माओवादी केन्द्र पुनर्गठन कमिटिको नाममा अर्को पार्टी खोल्ने तयारी थालेका हुन् ।

किरातीले शनिबार राजधानीमा भएको माओवादी केन्द्रको  केन्द्रीय राजनीतिक प्रशिक्षण कार्यक्रम पनि वहिष्कार गरेका छन् । उनले त्यो कार्यक्रम माओवादी केन्द्रको नभइ ‘प्रचण्ड समूह’ भन्दै कडा व्यंग्य पनि गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्