‘दिउँसो बजार क्षेत्रमा मालवाहक सवारी सञ्चालनमा रोक लगाइनु अव्यावहारिक’



पोखरा,  जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा बिहान ८ देखि बेलुका ६ बजेसम्म मालवाहक सवारी सञ्चालनमा रोक लगाएको प्रति गण्डकी क्रसर उद्योग व्यवसायी संघले विरोध गरेको छ ।

संघका अध्यक्ष सुरेन्द्र त्रिपाठीद्वारा शुक्रबार जारी विज्ञप्तिमा यातायात व्यवस्थापन समितिको बैठकबाट गरिएको उक्त निर्णय सच्याउन आग्रह गरिएको छ । दिउँसो बजार क्षेत्रमा मालवाहक सवारी सञ्चालनमा रोक लगाइनु अव्यावहारिक निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

राति मजदुरलाई काममा खटाउन नसकिने भएकाले व्यवसायी मर्काका परेको र यसले गर्दा विकास आयोजनामा क्रसरजन्य सामानको अभाव हुन सक्ने तथा मूल्यसमेत बढ्ने विज्ञप्तिमा उल्लेख छ ।
रासस

प्रतिक्रिया दिनुहोस्