कंगनाविरुद्ध ऋतिकको उजुरी



हालै बलिउड नायक ऋतिक रोशनले नायिका कंगना रनावतविरुद्ध फेरी पनि उरुरी दर्ता गराएका छन्। बलिउडको एक अनलाईनले जनाएअनुसार यहि विषयमा उनका पीता राकेश रोशनले कंगनाविरुद्ध सिधा हमला बोलेका छन्।केही हप्ता पहिने कंगनाको फिल्म सिमरन रीलिज भएको थियो। यसको प्रमोशनका क्रममा उनले आफु र ऋतिकको कथित सम्बन्धको बारेमा नयाँ कुराको खुलासा गरेकी थिइन्। त्यसपछि आफ्नो अर्को एक अन्र्तवार्तामा उनले ऋतिकको नाम नलिईकनै उनीमाथि औँला उठाएकी थिइन्। तर ऋतिक भने यस पटक पनि विषयमा मौन बसेका थिए।

समाचारमा जनाईएअनुसार हालै ऋतिकले उनले कंगनाले आफुमाथि नजर राखेको र ह्यारेस गरीरहेको भन्दै मुम्बई पुलिसमा उजुरी दिएका हुन्। त्यस पछि फेरी कंगना ऋतिकको मुद्धा फेरी पनि चर्चामा आएको छ।

यहि विषयमा एक अग्रेजी अखवारसँग कुरा गर्दै ऋतिका पीता राकेशले भनेका छन् ‘हामी गलत शब्द प्रयोग गर्दैनौं र विना कुनै सवुत कसैप्रति आरोप पनि लगाउँदैनौं। हामीले सारा प्रमाणको साथ उजुरी दर्ता गराएका छौँ। उनले भनेका छ् की ‘असली तथ्य बाहिर आए पछि सबै मानिसहरु अचम्म पर्नेछन्।

हामीले आफ्नो भागको साँचो कुरा गत अप्रिलमा नै साईबर क्राईम ब्रान्चलाई बताएका थियौँ। हामीले असली तथा सम्बन्धित दस्तावेज, ईमेल तथा ईलेक्ट्रोनिक ग्याजेट्स पनि पुलिसलाई बुझाईसकेका छौँ। अब अधिकारीहरुले नै बताउनेछन की को साँचो बोलिरहेको छ? हामीले सधै सत्यको तागतमा भरोसा गरेका छौ र म र मेरो पीताले ऋतिकलाई पनि यहि सिकाएका छौ। यस बारेमा साचो कुरा छिट्टै बाहिर आउनेछ।

जब यो उजुरी सामाजिक सञ्जालमा भाइरल भयो, कंगनाकी बहिनी तथा म्यानेजर रंगोलीले ऋतिकका विरुद्ध अभद्र भाषामा ट्वीट गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्