बालकलाकार नेपालीको निधन



बाल कलाकार काजल नेपालीको निधन भएको छ। उनको विहिबार राती अन्तर्राष्ट्रीय मैत्री बाल अस्पतालमा मृत्यु भएको हो।

नेपाली गीत संगीतको म्युजिक भिडियोमा बाल कलाकारको रुपमा अभिनय गर्दै आएकी बाल कलाकार काजल नेपाली सिकिस्त बिरामी भई अस्पताल भर्ना भएकी थिइन्। २०६८ सालमा म्युजिक भिडियोबाट अभिनय यात्रा शुरु गरेकी काजलले पछिल्लो समय कमल खत्री र किशोरा अर्यालको गीत सपना मिठोमा अभिनय गरेकी थिइन्। आउन पाइन घर यो दशैमा, खोला जस्तै हो रे चोला नि, धिङ्का ताका धिन, बैश गयो हाँसेरलगायत आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी काजल केहि वर्षदेखी फ्यान्कोनी एनिमिया रोगसँग लडिरहेकी थिइन्।

विजया दशमीका दिन अचानक बेहोस भएपछी कान्ती बाल अस्पताल भर्ना गरिएको उनलाईआईसियु बेड खाली नभएका कारण अन्तर्राष्ट्रीय मैत्री बाल अस्पतालमा लगि भेन्टिलेटरमा राखिएको थियो। सोही अस्पतालमा उपचारकै क्रममा उनको विहिबार राती मृत्यु भएको हो। काजल गायक तथा सामाजिक अभियन्ता रामजी नेपाली एवम् लोकप्रिय लोक गायिका कृष्णा परियारको जेठी छोरी हुन्।

प्रतिक्रिया दिनुहोस्