२ जना नमिल्ने देशमा सबै मिल्ने ललिपप?



केदार घिमिरे ’माग्ने बुढा’

देशको सम्वृद्धिका लागि आवश्यक भनेको स्थिर सरकार (कम्तिमा ५ बर्षको) हो, त्यो पनि चुस्त मन्त्री मण्डलको।

बहुमतको सरकार र सशक्त प्रतिपक्ष लोकतन्त्रको सुगन्ध हो। सबैलाई मिलाउने भनेर जुन भजन गाइँदै छ नि, त्यसो गर्ने हो भने प्रतिपक्ष निरिह हुन्छ। प्रतिपक्ष निरिह भएपछि सत्ता पक्ष हिटलर हुन्छ। हिटलरले बिनाश निम्त्याउँछ।

दुईजना नमिल्ने देशमा सबैलाई मिलाउने ललिपप नबाढ्नोस। मिलेको नाटक किन? कसरि? कसले? कहिलेसम्म? यसअघि किन फुटेका थिए? कसले फुटाएको थियो? यसको जवाफ राजनीतिशास्त्रको बाह्रखरी पढेको बच्चाले पनि दिन सक्छ।

अब चाहिँ गज्जब हुन्छ कि भनेर आश गर्दा गर्दै जनताका कति भोटो फाटे? कतिले आशै आशमा सिल्टिम्बुर खाए?

तपाइंहरु पो कुर्सीको पालो पर्खिनु हुन्छ। जनताले जलश्रोतले धनि देशमा पानी थाप्न पालो पर्खिनु परेको छ, कृषि प्रधान देशमा खेतीपातीबाट उँभो नलागेपछि विदेश उड्ने पालो पर्खिनु परेको छ। कृपया बिष कुम्भम पयो मुखम (ठेकीमा तल बिष माथि दहि) हालेर बाँढ्न बन्द गर्नोस। अलि बढी आवेगमा आएँकी ? माफ पाउँ है हजुर।

 

प्रतिक्रिया दिनुहोस्