बजाजको स्वरोजगार र्याली



नेपाल समाचारपत्र,काठमाडौं
बजाज थ्री ह्विलर्स बजाज आरईको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बजाज आरई स्वरोजगार र्याली आयोजना गरेको छ। यो र्यालीको मुख्य नारा ‘स्वरोजगारी मै समझदारी’ रहेको छ। र्यालीमा २० वटा बजाज आरईको सहभागीता रहेको छ।

अभियानमा सहभागीले पूर्व–पश्चिम राजमार्गमा २५ दिनसम्म यात्रा गर्नेछन्। र्यालीको उद्घाटन समारोहमा स्थानीय डिलर पनि समावेश रहेका थिए। अभियानमा राजा राजेन्द्र, प्रश्ना शाक्य र विश्व नेपालीलगायत कलाकारले हाँस्यव्यङ्ग्य तथा गीत प्रस्तुत गरेका थिए।

र्यालीको उद्देश्य बजाज आरईको बारेमा जनचेतना अभिवृद्धि गराउनु तथा रोजगारीको अवसरको बारेमा तथ्यगत जानकारी दिँदै नेपालमा नै राम्रो रोजगारीका अवसर भएको बारेमा युवालाई सुनिश्चित तुल्याउनु रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्