नेयमारले भने अमानवीय



लन्डन, (एजेन्सी)
बोलिभियासँग गोलरहित बराबरी खेलेको ब्राजिलका खेलाडीहरूले श्वास फेर्न कठिन भएपछि अक्सिजन लिनुपरेको थियो। समुद्र सतहदेखि १२ हजार फिट माथिको पिचमा ब्राजिलले निर्धारित समयसम्म खेले पनि। लापाजस्थित इस्टाडियो हर्नान्डो सिलेसको पिच एक पटक प्रतिबन्ध पनि भएको थियो। सोही तातो पिचमा खेलेपछि ब्राजिली कप्तान नेयमार जुनियरले अमानवीय भनेर सम्बोधन गरेका थिए।

 

नेयमारले खेलपछि भने– ‘यस्तो अवस्था, मैदान, अल्टीच्युट, बल’ हरेक चीच खराबमा खेल्नु अमानवीय हो। तर हामीहरू यस्ता अवस्थासँगै खेले पनि टिमको प्रदर्शनको लागि खुसी थियांै।

ब्राजिलले आगामी वर्ष रसियामा हुने विश्वकपका लागि पहिल्यै छनोट भइसकेको छ। जबकी बोलिभिया छनोट हुनबाट बाहिरिसकेको छ। योसँगै ब्राजिल पछिल्ला ११ खेलमा अपराजेय बनेको छ। टोली १७ खेलमा ३८ अंकसहित दक्षिण अमेरिकी समूहमा पहिलो स्थानमा छ भने बोलिभियासँग मात्र १४ अंक रहेको छ। सन् १९३० देखि शुरु भएको विश्वकपको समयदेखि नै ब्राजिल हरेक विश्वकपमा छनोट हुने एक मात्र टोली हो।

बोलिभियाको सो रंगशाला विश्वकप छनोट आयोजना गर्नबाट सन् २००७ मा प्रतिबन्ध गरिएको थियो। फिफाले समुद्र सतहदेखि २५ सय मिटर माथिको स्थानमा कुनै पनि खेल खेलाउने नहुने नियम बनाएको थियो। तर हाल फिफाले बोलिभियनको आग्रह स्विकार गरेर यहाँ खेलाउन मन्जुरी दिएको हो।

प्रतिक्रिया दिनुहोस्