वाम एकता अहिलेको आवश्यकताः गृहमन्त्री शर्मा



धनवीर दहाल, रुकुम ।
गृहमन्त्री जनार्दन शर्माले वाम एकतामा प्रजातान्त्रिक शक्तिहरु पनि सामेल हुने दावी गरेका छन् । नयाँ जिल्ला पूर्वि रुकुमको सदरमुकाम रुकुमकोटमा बिहिबार बिभिन्न सरकारी कार्यालयहरुको उद्घाटन गदै मन्त्री शर्माले वाम एकता अहिलेको आवश्यकता भएको बताए ।

देशको समृद्धि र विकासका लागि बाम एकता भएको दावी गर्दै उनले यस एकताले नेपाली जनतामा नयाँ आशा पलाएको बताएका हुन ।

साथै उनले जनताको माग अनुसार नै रुकुम २ जिल्लामा विस्तार भएको बताएका छन् । रुकुमलाई २ जिल्लामा विस्तार गर्दा आफुलाई केहीले विखण्डनवादी भनेर आरोप लगाएको स्मरण गर्दै उनले आफु जनताको चाहनामा अडिग भएर लागेका कारण आज पूर्वि रुकुम जिल्ला बन्न सम्भव भएको बताए ।

उनले परिवर्तन नचाहनेहरुले अनावश्यक हल्ला फैलाएपनि अहिले आएर जनताले जिल्ला विस्तार हुनुको मर्मलाई बुझेको भन्दै उनले खुशी व्यक्त गरे । मन्त्री शर्माले आफुले सधै जनताको स्वार्थमा रहेर काम गरेकाले आज रुकुम जिल्लाले छुट्टै पहिचान कायम गर्न सफल भएको दावी गरे ।

सिंगो रुकुम हुँदा सुरु भएको एकीकृत विकास योजना अब दुवै जिल्लामा समान रुपमा संचालन गरिने पनि बताए । आफू पश्चिम रुकुममा परेपनि पूर्वीरुकुमप्रतिको चिन्ता कत्तिपनि कम नहुने र
जिल्लामा अगाडि बढाईएका जिल्लाका ठूला जलविद्युत आयोजनाहरुलाई सम्पन्न गर्नका लागि पहल भैरहेको उनले बताए ।

जनताले रगत र पसिना बगाएर आफूलाई दिएको जिम्मेवारी आफुले सधै सफलता पूर्वक पुरा गर्ने मन्त्री शर्माले प्रतिबद्धता समेत व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्