एमाले अध्यक्ष ओली झापा क्षेत्र नं ५ बाट सिफारिस



बनियानी, झापा, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) झापाले उम्मेदवार सिफारिस शुरु गरेको छ ।

झापाका पाँच वटै निर्वाचन क्षेत्रका लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको एमाले झापा सचिव मदन अधिकारीले जानकारी दिनुभयो ।

झापा क्षेत्र नं १ बाट गोपालचन्द्र बुढाथोकी, क्षेत्र नं २ बाट पवित्रा निरौला खरेल, क्षेत्र नं ३ बाट पुष्पराज पोखरेल, क्षेत्र नं ४ बाट लालप्रसाद (एलपी) साँवा र क्षेत्र नं ५ बाट अध्यक्ष केपी ओलीको नाम सर्वसम्मत सिफारिस गरिसकेको सचिव अधिकारीले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्